नियम
भू–उपयोगिता प्रणाली अपनाई खेती गर्ने –
(१) जलाधार संरक्षण अधिकृतले संरक्षित जलाधारक्षेत्रभित्रको जग्गामध्ये ऐनको दफा ४ को खण्ड (ग), (घ), (ङ) र (च) बमोजिम कार्य गरिनु पर्ने भनी वर्गीकरण गरिएको जग्गामा भू–उपयोगिता प्रणाली अपनाई कुनै बाली वा फलफूलको
खेती गर्न तथा रुख विरुवा वा घा“स लगाउन वा अन्य कुनै कार्य गर्नु गराउनु पर्ने भएमा त्यस्ता जग्गाको क्षेत्रफल र सिमाना समेत तोकिदिनु पर्नेछ र त्यसको जानकारी विभागलाई दिनु पर्नेछ । (२) उपनियम (१) बमोजिम भू–उपयोगिता प्रणाली अपनाई खेती गर्नु गराउनु भनी
तोकिदिएको जग्गा निजी स्वामित्वको भएमा त्यस्तो जग्गामा जग्गाधनी वा मोहीले भू– उपयोगिता प्रणाली अपनाई खेती गर्नु पर्नेछ ।